Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नयाँ सरकार गठनबारे सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच निर्णायक वार्ता हुँदै

    नयाँ सरकार गठनबारे सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच निर्णायक वार्ता हुँदै

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 552
    SHARES

    काठमाडौं । नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज निर्णायक छलफल हुने भएको छ ।

    शुक्रबार भएको छलफल निष्कर्षविहीन बने पछि आज पुनः छलफल हुन लागेको हो । दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ बालुवाटारमा भएको छलफल निष्कर्षविहीन बनेको थियो ।



    प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् । तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् ।



    बालुवाटारमा भएको यस छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुने भनिएको थियो तर स्वास्थ्यका कारण उनी सहभागी थिएनन् । राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी गर्न दिएको सात दिनको समयसीमा आइतबार अपराह्न ५ बजे सकिँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार