Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पीएसजीसँग सम्झौता नवीकरण गर्न मेसी सहमत

    पीएसजीसँग सम्झौता नवीकरण गर्न मेसी सहमत

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 723
    SHARES

    एजेन्सी । लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।

    कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेसी पीएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक रुपमा सहमत भएका हुन् ।



    फ्रेन्च लिग वान क्लबसँग मेसीको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ । मेसीले पीएसजीमा थप एक वर्ष रहने गरी सम्झौता नवीकरण गर्ने तयारी छ ।



    मेसी सन् २०२१ मा बार्सिलोना छाडेर पीएसजी गएका थिए । उनले त्यहाँ २ वर्षको सम्झौता गरेका थिए । मेसीले पीएसजीका लागि ५३ खेलमा २३ गोल गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार