Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिके राउतले भने – म मन्त्री हुने निश्चित छैन, तर मधेसमा मुख्यमन्त्री दाबी गर्छौं

    सिके राउतले भने – म मन्त्री हुने निश्चित छैन, तर मधेसमा मुख्यमन्त्री दाबी गर्छौं

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 456
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन्।

    सत्ता गठबन्धनको नयाँ बानेश्वरमा बसेको बैठकमा सहभागी हुन पुगेका राउतले यस्तो बताएका हुन् । सरकारमा आफैं जाने नजानेबारे भने यकिन भइनसकेको जनमतका अध्यक्ष राउतले बताए ।



    मधेस प्रदेशमा भने आफ्नो दल निर्णायक भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले सुनाए ।



    उनले भने, ‘संख्याको हिसावले हामीले केन्द्रमा धेरै दाबी गर्न मिल्दैन । म मन्त्री हुने निश्चित छैन। तर प्रदेशमा हामीले मुख्यमन्त्री दाबी गर्छौं।’

    उनले जनमत पार्टी नयाँ भएकोले जनताका आशा धेरै रहेको बताए। उनले आफुले सकेसम्म जनताको आशाप्रति खरो निर्णयको पक्षमा उभिने निर्णय लिएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार