Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पल शाह प्रकरण : अनुसन्धानको लागि नवलपुर अदालतको फैसला माग

    पल शाह प्रकरण : अनुसन्धानको लागि नवलपुर अदालतको फैसला माग

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 666
    SHARES

    काठमाडौं । बलत्कारको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाहको अनुसन्धानको लागि नवलपुर अदालतको फैसला माग गरिएको छ । कलाकार पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ गर्ने दिन सोमबार सो फैसला माग गरिएको हो ।

    कलाकार शाहको मुद्दाको नवलपुर अदालतले गरेको फैसलाको माग गरिएको तनहुँ जिल्ला अदालतले जनाएको छ । अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय तोकेको छ।



    नवलपुर अदालतमा चलेको मुद्दा के कस्तो अवस्थामा चलेको छ फैसला भए फैसलाको प्रमाणित कपी उपलब्ध गराउन तनहुँ जिल्ला अदालतमा पत्रचार भएको शाहको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए ।



    नवलपुर अदालतको फैसलाविरुद्ध पनि कलाकार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार