Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बार्गेनिङ्ग पत्रकारिताविरुद्ध कडा कदम चाल्ने बालकृष्ण बस्नेतको चेतावनी

    बार्गेनिङ्ग पत्रकारिताविरुद्ध कडा कदम चाल्ने बालकृष्ण बस्नेतको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 516
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बार्गेनिङ्ग पत्रकारिताविरुद्ध कडा कदम चाल्ने बताएका छन् । काउन्सिलमा नयाँ अनलाइनहरुका लागि शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले सो कुरा बताएका हुन् ।

    उनले पत्रकारितामा बार्गेनिंङ्ग गर्ने र स्वार्थ पूरा नभए समाचार लेख्ने प्रवृत्ति बढेको गुनासो बढेको भन्दै त्यसलाई रोक्न कडा कदम चालिने बताए ।



    नीहित स्वार्थ पूरा नभए समाचार बनाउने प्रवृत्तिले पत्रकारितालाई कमजोर पार्ने भएकाले यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको उनको भनाई छ ।



    अध्यक्ष बस्नेतले भने, ‘कतिपय सञ्चार माध्यमलाई काउन्सिलले विशेष निगरानीमा राखेको छ । पर्याप्त प्रमाण पुर्याएर त्यस्ता सञ्चारमाध्यमलाई आचारसंहिताको कारवाही हुनेछ ।’

    अनलाइन र युट्युव च्यानलहरुमा पत्रकारिताको रोगकै रुपमा यो समस्या भित्रिएकाले काउन्सिलले अभियानै चलाएर यसविरुद्ध कदम चालिरहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार