Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश १ का मुख्यमन्त्री कार्कीले २९ पुसमा विश्वासको मत लिने

    प्रदेश १ का मुख्यमन्त्री कार्कीले २९ पुसमा विश्वासको मत लिने

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 759
    SHARES

    मोरङ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनेबारेको पत्र प्रदेशसभा सचिवालयमा मंगलबार दर्ता गराएका छन् ।



    विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले संसद सचिवालयलाई जानकारी गराइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।



    संविधानको धारा १६८ को उपधारा (४) मा उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

    झापा ५(१) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित मुख्यमन्त्री कार्की एमालेको ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएर सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार