Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विश्व अर्थतन्त्रमा यस वर्ष मन्दी आउन सक्ने विश्व बैंकको प्रक्षेपण

    विश्व अर्थतन्त्रमा यस वर्ष मन्दी आउन सक्ने विश्व बैंकको प्रक्षेपण

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 576
    SHARES

    काठमाडौं । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरमा धेरै फरक नपर्ने जनाएको हो ।

    अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहेको विश्व बैंकको अनुमान छ । यस्तै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ ।



    कोरोना महामारीको प्रभावसँगै रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने विश्व बैंकको प्रक्षेपणबीच नेपालको अर्थतन्त्र भने स्थिर रहने देखिएको छ ।



    विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १ दशमलव ७ प्रतिशतमा सीमित हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार