Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री रावलले आज पद तथा गोपनीयताको शपथ लिँदै

    सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री रावलले आज पद तथा गोपनीयताको शपथ लिँदै

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 897
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् ।

    बुधबार मुख्यमन्त्री नियुक्ति भएका रावललाई आज प्रदेश प्रमुख देवराज जोशीले शपथग्रहण गराउन लागेका हुन् ।



    प्रदेश अस्थायी राजधानी धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा अपरान्ह ४ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।



    २९ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा प्रदेश प्रमुख जोशीले हिजो मात्र मुख्यमन्त्रीमा रावललाई नियुक्त गरेका थिए ।

    रावललाई माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदको समर्थन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार