Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 648
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

    बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।



    यो मन्त्रिपरिषदको नियमित बैठक भएको बताइएको छ । सातामा दुई दिन सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ ।



    प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेकाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । उनले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

    यस्तै आज सत्ता साझेदार दलहरूको बैठक पनि बस्दैछ । आज अपरान्ह ३ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार