Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मुलुकलाई कांग्रेसको चंगुलबाट बाहिर ल्याउन सफल भयौँ : रघुवीर महासेठ

    मुलुकलाई कांग्रेसको चंगुलबाट बाहिर ल्याउन सफल भयौँ : रघुवीर महासेठ

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 636
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्ष दल नभएको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेस प्रतिपक्ष दल नभएको बताएका हुन् ।



    महासेठले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको पनि दावी गरे।



    उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको भन्ने कुरा ६ महिनापछि थाहा हुने धारणा राखे।

    उनले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरी कुनै काम नगर्ने बताए। महासेठले आफूहरूले कांग्रेससँग पनि राम्रै सम्बन्ध बनाउन खोजेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार