Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सीमाको सुरक्षा गर्ने जिम्मा सेनालाई दिनुपर्छ : रघुवीर महासेठ

    सीमाको सुरक्षा गर्ने जिम्मा सेनालाई दिनुपर्छ : रघुवीर महासेठ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 813
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले सीमाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महासेठले यस्तो बताएका हुन् ।



    सांसद महासेठले भने, ‘सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन। पहिला, पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो। त्यसैले यो सरकारले पुनः यसमाथि विचार गरोस्।’



    छिमेकी देशले हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको भन्‍दै नापीका हाकिमहरुलाई समेत थाहा नभएको गुनासो गरे । उनले नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउन नहुने बताए ।

    सांसद महासेठले नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवर्द्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नेतर्फ परिचालन गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार