Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कमला पुलको पुनः निर्माण समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री महासेठको निर्देशन

    कमला पुलको पुनः निर्माण समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री महासेठको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 453
    SHARES

    सिरहा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले हुलाकी सडकखण्डअन्तर्गत सिरहा र धनुषा जोड्ने भासिएको कमला पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्न पुनः निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका छन्।

    पुल पुनः निर्माणको स्थलगत निरीक्षण गर्दै उनले भने, “समयमै पुल नबन्दा यहाँका जनताले धेरै सास्ती खेप्नुपरेको छ । सरकारले आवश्यक स्रोत र साधनको सबै व्यवस्था गरेकै छ । राष्ट्रिय महत्वको यो पुल अब पनि समयमै बनेन भने निर्माण कम्पनी कारबाहीको भागिदार हुन्छ ।”



    सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै दुई वर्षअघि सो पुल भासिएको थियो । गत वर्ष वैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी बीच २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।



    निर्माण कम्पनीका ‘साइट इन्चार्र्र्ज’ सुदीप थापाका अनुसार हालसम्म बाँकी रहेका १८ पाएर उठाउने काम मात्र सम्पन्न भएको छ भने आगामी वर्ष अगाडि पुलको फाउन्डेसनको काम मात्र सम्पन्न हुनेछ । पुनःनिर्माण सम्झौताको समयअनुसार काम सम्पन्न गर्न प्राविधिक कारणले सम्भव नरहेको उनको कथन छ ।

    “नदीमा आउने बाढीका कारण वर्षको छ महिना त काम गर्न नै नसकिने रहेछ । यहाँका बालुवा र माटोको बनोटको हिसाबले काम गर्न अन्यन्त जटिल छ । अझ पुलको पश्चिम खण्डमा भासिएको पाएर पुनःनिर्माणको डिजाइन पास पनि भएको छैन,” इन्चार्ज थापाले भने ।

    आफूहरुले बीमा कम्पनीबाट पाउनुपर्ने रु पाँच करोड रकम नपाएको र हाल यस विषयको विवाद काठमाडौँ जिल्ला अदालतमा विचाराधीन भएकाले आर्थिक रुपमा सङ्कटमा परेको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार