Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ‘अखण्ड भारत’ को नक्साबारे सरकारले विरोध गर्नुपर्छ : रघुवीर महासेठ

    ‘अखण्ड भारत’ को नक्साबारे सरकारले विरोध गर्नुपर्छ : रघुवीर महासेठ

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 615
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले भारत कहिल्यै अखण्ड नरहेको बताएका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सचिव महासेठले भारतलाई कूटनीतिक नोट पठाएर अखण्ड भारत नक्साको विरोध गर्नुपर्ने बताएका हुन्।



    सचिव महासेठले भने,’अखण्ड भारतअन्तर्गत जुन लुम्बिनी र कपिलवस्तु राखियो, त्यो गलत छ । सरकारले यसको विरोध गर्नुपर्छ । कूटनीतिक नोटबाट यसको विरोध गर्नुपर्छ । भारतमा कहिले पनि अखण्ड भारत थिएन । ब्रिटिस इन्डिया कम्पनी थियो । नेपाल सरकारले यसको विरोध गर्न सक्नुपर्छ।’



    पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका सांसद महासेठले सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने सुझाव दिए।

    नेपाली भूमिलाई समेटेर भारतको संसद् भवनमा अखण्ड भारत भनेर नक्सा राख्नु ठिक नभएको महासेठको भनाइ छ ।

    अखण्ड भारत भन्ने देशै नभएको महासेठको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार