Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सांसद रघुवीर महासेठको माग- संसदमा ‘पोलिग्राफ’ परीक्षणको व्यवस्था होस्

    सांसद रघुवीर महासेठको माग- संसदमा ‘पोलिग्राफ’ परीक्षणको व्यवस्था होस्

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 759
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुवीर महासेठले संसदमा पोलिग्राफ परीक्षणको व्यवस्था गर्न माग गरेका छन्।

    बुधबार प्रतिनिधिसभामा बैठकमा सांसद् महासेठले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा बाहिर भिडियोमा एउटा र संसद्‌मा अर्को कुरा भएको भन्दै संसद्‌मा पोलिग्राफ टेस्टको व्यवस्था गर्न माग गरेका हुन् ।



    उनले भने, ‘प्रधानमन्त्रीको भ्रमणमा भारतमा खिचिएको अडियो, भिडियो हेर्दा एकथरी कुरा, यो संसद्‌भित्र अर्को थरी कुरा भयो । त्यसैले प्रश्न कर्ता गलत थियो कि जवाफ दिने गलत थियो ? त्यसको लागि एउटा पोलिग्राफ टेस्टिङ मेसिनको व्यवस्था होस् ।’



    उनले संसद्‌मा पोलिग्राफ टेस्टिङ मेसिन राखेपछि आगामी दिनमा संसद्‌मा दिइने जवाफहरू सहि हुने दाबी समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार