Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उपप्रधानमन्त्री महासेठको दाबी – जनताले अनुभूति गर्ने गरी काम हुन्छ

    उपप्रधानमन्त्री महासेठको दाबी – जनताले अनुभूति गर्ने गरी काम हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 522
    SHARES

    नेपालगञ्ज । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनताले अनुभूति गर्नेगरी काम गरिने बताएका छन् ।

    नेपालगञ्जमा आज आयोजित मन्त्रालय मातहतका विभिन्न कार्यालयको वार्षिक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले तोकिएको समयमा काम सम्पन्न गर्ने र निर्माण कार्यमा अटेर गर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न निर्देशन दिए ।



    कानुनविपरीतको कामलाई जोसुकैबाट प्रस्ताव आए पनि अस्वीकार गर्न आग्रह गर्दै उपप्रधानमन्त्री महासेठले विभिन्न आयोजनामा भइरहेका ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको र अब त्यस्तो ढिलासुस्ती नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार