Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • शेखर समूहको बैठकमा धनराजले भने – नेताहरूको महत्वाकांक्षालाई बेलैमा लगाम लगाऔं

    शेखर समूहको बैठकमा धनराजले भने – नेताहरूको महत्वाकांक्षालाई बेलैमा लगाम लगाऔं

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहको बैठकमा उपसभापति धनराज गुरुङले नेताहरूको महत्वाकांक्षालाई बेलैमा लगाम लगाइनुपर्ने बताएका छन् ।

    बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार भएको समीक्षा बैठकमा उपसभापति गुरुङले कांग्रेस रुपान्तरण र सुधार अभियानको नेतृत्व शेखर कोइरालाले गर्नुपर्ने भन्दै एउटै व्यक्तिलाई नेता मान्नुपर्ने बताएका हुन् ।



    नेता डा शेखर कोइराला कि गगन थापा भन्ने प्रश्न उठिरहेका बेला सो समूहको बैठकमा गुरुङले यस्तो बताएका हुुन् ।



    धनराजले भने, ‘भोलि मेरो पनि महात्वाकांक्षा जाग्ला । गगन थापा अरुको पनि रुचि बढ्ला । त्यसैले अहिले नै कमिटमेन्ट गरौं, हामी सबैको नेता शेखर कोइराला हो । अब हाम्रो समूहबाट सभापतिको उम्मेदवार पनि शेखरलाई घोषणा गरेर जानुपर्छ ।’

    सो समूहबाट गगन थापा दलको नेतामा उम्मेदवार बनेपछि समूहको नेता को भन्ने बहस चलिरहेको छ । पछिल्लो कार्य सम्पादन समिति बैठकमा गगन थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा नोट अफ डिसेन्ट लेख्दा शेखर र धनराज भने मौन बसेका थिए ।

    शेखर-गगन समूहमै विभाजन विवाद र अविश्वासको वातावरण देखिएपछि गुरुङले महत्वाकांक्षा रोक्न शेखरलाई सभापति उम्मेदवार घोषणा गर्न प्रस्ताव राखेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार