Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रियललाई हराउँदै बार्सिलोना सेमिफाइनलमा

    रियललाई हराउँदै बार्सिलोना सेमिफाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 459
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बार्साको घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १–० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।



    रियल ४०औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो।



    रियलले पहिलो हाफमा सजिर्यो बुस्केट्सलाई खराब ट्याकल गरेपछि ब्राइस मेन्डेजलाई रातो कार्ड दिइएको थियो । यस्तै गएराति भएकै खेलमा सेभियालाई २–१ ले हराउँदै ओसासुना पनि अन्तिम ४ मा प्रवेश गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार