Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 825
    SHARES

    फाइल फोटो

    बागलुङ । १७ वर्षीया र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ढोरपाटन नगरपालिका-७ बोबाङ बस्ने २२ वर्षीय आयुष बिक र २१ वर्षीय जीवन विक रहेका छन् ।



    आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको र जीवनले आयुषकै घरमा माघ ४ गते राति १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार