Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नियुक्तिबिना नै राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणमा मोन्टी

    नियुक्तिबिना नै राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणमा मोन्टी

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 774
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक बन्ने प्रक्रियामा रहेका मोन्टी देसाईले नेपाली राष्ट्रिय क्रिकेट टीमलाई प्रशिक्षण दिन थालेका छन् ।

    औपचारिक रुपमा नियुक्त नभई उनले आइतबारदेखि राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सम्हालेका हुन् ।



    देसाइको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको छ । अहिले उनले नेपाल क्रिकेट संघ (क्यान) को आग्रहमा राष्ट्रिय टीमको प्रशिक्षण सम्हालेको क्यान स्रोतले बताएको छ ।



    क्यानले फागुन २ गतेदेखि सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो ।

    आइतबार दिउँसो त्रिवि क्रिकेट मैदानमा नेपाली टिमको प्रशिक्षण सत्रमा भारतीय प्रशिक्षक मोन्टी पनि उपस्थित थिए ।

    उनले खेलाडीलाई प्रशिक्षण गराइरहेका थिए । नियुक्ति प्रक्रियामा ढिलाई भइरहँदा आसन्न शृंखलाका लागि कम समय रहेको भन्दै क्यानले विज्ञका रुपमा मोन्टीबाट सेवा लिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार