Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रमुख प्रशिक्षक देसाईले भने – सन्दीपको खेललाई राम्रोसँग बुझेर टिममा राखेको हुँ

    प्रमुख प्रशिक्षक देसाईले भने – सन्दीपको खेललाई राम्रोसँग बुझेर टिममा राखेको हुँ

    'क्यानले सन्दीपलाई अन्तिम टिममा राख्नैपर्छ भन्दैन'

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 561
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई अन्तिम टिममा राख्न दबाब नदिने बताएका छन् ।

    सोमबार नवनियुक्त प्रशिक्षक मोन्टी देसाईका लागि आजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् ।



    चन्दले सन्दीपलाई टिममा राख्ने/नराख्ने निर्णय प्रशिक्षक र छनोट समितिले लिने बताए । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले सन्दीप टीममा फर्कन तयार भइरहेको बताएका छन् ।



    मोन्टीले भने, ‘उनी कसरी मैदान फर्कन्छन् भन्ने महत्वपूर्ण थियो । तर उनी मैदानमा आफ्नो भूमिका र शीपमा पूर्ण उपस्थित देखिन्छन् । टीमले पनि उनलाई राम्रोसँग ग्रहण गरिरहेको छ । उनलाई थाहा छ आफुले के गर्छु भनेर त्यो भनेको बलिङ हो ।’

    देसाईले आफूले क्रिकेट र क्रिकेटको भाषा बुझ्ने भन्दै नेपाली टोलीको आजको दिनसम्म पूरा प्रक्रिया अपनाइएको बताए । प्रशिक्षक देसाईले नेपाली क्रिकेट म्याचम फिक्सिङको विवादमा परेपनि त्यसलाई बिर्सिएर सतप्रतिशत दिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार