Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रशिक्षक मोन्टी भन्छन् – हरेक रणनीति सफल हुँदैछ, समर्थकको साथ ‘सुपर मोटिभेसन’

    प्रशिक्षक मोन्टी भन्छन् – हरेक रणनीति सफल हुँदैछ, समर्थकको साथ ‘सुपर मोटिभेसन’

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 468
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रणनीति बनाउँदा आफू सफल भएकोमा खुशीसमेत व्यक्त गरेका छन् ।

    आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको बताउँदै खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै देसाईले खेलाडीले दिइएको भूमिकालाई राम्रोसँग निभाएको बताएका हुन् ।



    खेलअघि केही कठिन निर्णयहरु गर्नुपरेको स्मरण गर्दै उनले रणनीति बनाउँदा आफू सफल भएको बताए । साथै उनले समर्थकको साथ खेलाडीहरूका लागि ‘सुपर मोटिभेसन’ भएको प्रतिक्रिया दिए ।



    आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) माथि १७७ रनको जित निकाल्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समर्थकको बाक्लो उपस्थिति थियो । नेपालले आइतबार यूएईलाई हराउँदै एकदिवसीय मान्यता जोगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार