Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • क्रिकेट टोलीका प्रशिक्षक देसाईले भने – विश्वकपमा नयाँ इतिहास रच्न आतुर छौँ

    क्रिकेट टोलीका प्रशिक्षक देसाईले भने – विश्वकपमा नयाँ इतिहास रच्न आतुर छौँ

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 378
    SHARES

    काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफुहरु नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।

    आईसीसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग खेल्ने जाने क्रिकेट टोलीको बिदाई कार्यक्रममा बोल्दै प्रशिक्षक देसाईले यस्तो बताएका हुन् ।



    प्रशिक्षक देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताए।



    प्रशिक्षक देसाईले नेपालले विश्वकप अगाडि यूएईमा एसीसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

    प्रशिक्षक देसाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे ।

    यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षकको भनाइ छ । डिफेन्डिङ च्याम्पियनका रूपमा एसीसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको प्रशिक्षक देसाईले बताए ।

    पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने देसाईले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार