Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रियंका चाेपडाले सार्वजनिक गरिन् छोरीको तस्बिर

    प्रियंका चाेपडाले सार्वजनिक गरिन् छोरीको तस्बिर

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 798
    SHARES

    एजेन्सी । एक वर्षपछि प्रियंका चोपडाले छोरीको तस्बिर सार्वजनिक गरेकी छन् । लस एन्जल्समा जोनस बर्दसले आयोजना गरेको कार्यक्रममा प्रियंका चोपडा र निक जोनसकी छोरी मालतीको तस्बिर सार्वजनिक भएको हो ।

    कार्यक्रममा प्रियंका छोरीलाई लिएर पुगेकी थिइन्। सार्वजनिक तस्बिरमा मालती सेतो कपडामा देखिएकी छन्। यसैबीच एक भिडिओ भाइरल भइरहेको छ जसमा मञ्चमा निकले बोलिरहेको बेला छोरीको नाम लिन्छन्।



    प्रियंकाले मालतीलाई आफ्नो काखमा उभाएर निकतर्फ फर्काउँछिन्। उक्त भिडिओ प्रियंका स्वयमले इन्स्टाग्राममा सेयर गरेकी छन्। प्रियंका र निकले सन् २०२२ जनावरी २२ मा छाेरीकाे जन्मेकाे घाेषणा गरेका थिए।



    जन्मिँदै स्वास्थ्यमा समस्या देखिएपछि प्रियंका र निक जोनसले आफ्नी छोरीलाई एनआइसियू (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा एक सय दिन राखेका थिए। उनीहरूले आ-आफ्नो संस्कृतिअनुरूप छोरीको नाम राखेका थिए। हिन्दु नाम मालती र अंग्रेजी नाम मेरी राखेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार