Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • मलेसिया–नेपाल उच्चस्तरीय श्रम बैठक सोल्टी होटलमा जारी

    मलेसिया–नेपाल उच्चस्तरीय श्रम बैठक सोल्टी होटलमा जारी

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 459
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोली र मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोलीबीच काठमाडौंको सोल्टी होटलमा उच्चस्तरीय श्रम बैठक चलिरहेको छ ।

    मलेसियाका गृहमन्त्रीले मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे नेपाली अधिकारीसँग छलफल गर्दैछन् । उच्चस्तरीय भ्रमणका क्रममा कामदारको हित र सुरक्षामा केन्द्रित द्विपक्षीय छलफल हुनेछ ।



    मलेसियाका गृहमन्त्री इजमाइल तीनदिने भ्रमणका लागि बिहीबार साँझ काठमाडौं आइपुगेका थिए ।



    शुक्रबार दुई घण्टासम्म चल्ने यो बैठकले मलेसियाले छुट्याएको कोटामा नेपाली कामदार प्राथमिकता निर्धारण हुनेछ ।

    मलेसियाले संवेदनशील क्षेत्रमा कामदार अभाव भएपछि तुरुन्तै पाँच लाख कामदार लैजाने नीति लिएको छ । यो नीति लिएलगत्तै मलेसियाको उच्च तहको नेतृत्व नेपालसँग संवाद गर्न काठमाडौं आइपुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार