Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल र मलेसिया भिड्ने

    त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल र मलेसिया भिड्ने

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ ।

    पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो ।



    मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।



    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो । मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने । जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए ।

    बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक÷एक विकेट लिए ।

    जवाफी व्याटिङ गर्ने क्रममा पपुवा न्युगिनीका लागि टोनी उराले अविजित ८६ तथा कप्तान असाद भालाले अविजित ७४ रन बनाए । उराले ३४ बल खेल्दै १० छक्का र दुई चौका प्रहार गरे । यस्तै भालाले ५१ बलको सामना गर्दै एक छक्का र आठ चौका हाने । बलिङतर्फ मलेसियाका फाइनल प्रवेशका लागि मुहमद वफिक र स्याज्रुल इद्रुसले एक एक विकेट लिए ।

    मलेसियाले शनिबार नेपालसँग खेल्ने छ । नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । जारी सिरिजमा नेपालले हालसम्म खेलेको तीनवटै खेलमा जित निकालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार