Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

    सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 453
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज अपरान्ह चार बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्न लागेको हो ।

    सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि यो बैठक बोलाइएको हो ।



    रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गृहमन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय छन् ।



    आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार