Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निलम्बित सांसद चौधरीलाई कारागारबाट अस्पताल लगियो

    निलम्बित सांसद चौधरीलाई कारागारबाट अस्पताल लगियो

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 711
    SHARES

    कैलाली । निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आँखामा समस्या आएको छ । आँखामा समस्या आएपछि अहिले उनलाई अस्पताल लगिएको हो ।

    कारागार सुरक्षामा खटिएका एक अधिकारीले बताए अनुसार केही बेरअघि धनगढी स्थित धनगढी नेत्रालयमा चेकजाँचका लागि लगिएको छ ।



    कैलाली २ बाट निर्वाचित भएका चौधरी २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै १९ माघमा बाँकेबाट पक्राउ परेका हुन्



    २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

    छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले पक्राउ गरेर अदालत मार्फत कारागार चलान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार