Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा विदेशीको इसाराले सरकार ढल्छ, यो व्यवस्था फेर्नुपर्छ : विप्लव

    नेपालमा विदेशीको इसाराले सरकार ढल्छ, यो व्यवस्था फेर्नुपर्छ : विप्लव

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 672
    SHARES

    काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द्र ‘विप्लव’ले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गरेका छन् ।

    काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशको अर्थतन्त्र डाँवाडोल हुनेको कारण नै नेपालको दलाल पूँजीवादी सत्ता भएको बताए ।



    विप्लवलेमध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताए। ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उनले बताए ।



    शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताए । क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु बेरोजगारको ठूलो ताँती निस्केको पनि विप्लवले टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार