Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आइसिसी विश्वकप लिग–२

    नामिबियाविरूद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ रोज्यो

    नामिबियाविरूद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ रोज्यो

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 537
    SHARES

    काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदानमा नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।



    त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरू हुने खेलमा नामिबियाले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाल आज घरेलु मैदान र घरेलु दर्शकको साथमा नामिबियालाई एकदिवसीय क्रिकेटमा पहिलोपटक हराउने लक्ष्यमा छ ।



    नेपाल मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा पहिलो खेल खेल्दैछ । त्यस्तै नाबालिक किशोरीमाथि बलात्कार आरोप लागेका पूर्वकप्तान सन्दीप लामिछाने पाँच महिनापछि मैदान फर्किदैछन् ।

    यस्तो छ नेपालको प्लेइङ ११ :

    रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेट किपर), करन केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल,ललितनारायण राजबंशी, गुल्सन झा, र भीम सार्की ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार