Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौं उपत्यकाका ६ स्थानमा देखियो बर्डफ्लु

    काठमाडौं उपत्यकाका ६ स्थानमा देखियो बर्डफ्लु

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 462
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाका ६ स्थानमा पालिएका हाँस, कुखुरा, कालिज तथा बट्टाईमा बर्डफ्लु संक्रमण एचफाइभएनवान देखिएको छ ।

    पशु सेवा विभागका अनुसार ललितपुरको खुमलटार, काठमाडौंको शंखमुल, तारकेश्वर, नागार्जुन र कीर्तिपुरमा संक्रमण देखिएको हो ।



    भक्तपुरको चाँगुनारायणमा पनि व्यवसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण देखिएको छ । विभागकाका अनुसार व्यवसायिक फार्म मात्रै नभइ सानो संख्यामा पालिएका हाँस कुखुरामा पनि संक्रमण पुष्टि भएको छ ।



    मंगलबारसम्म बर्डफ्लु संक्रमण पुष्टि भएका फार्ममा पालिएका १८ हजार ५३२ वटा हाँस, कुखुरा नष्ट गरिएको विभागको तथ्यांक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार