Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • वीरेन्द्रनगर ‘बर्डफ्लु’ संक्रमित क्षेत्र घोषणा

    वीरेन्द्रनगर ‘बर्डफ्लु’ संक्रमित क्षेत्र घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ९ असार २०७९
  • 693
    SHARES

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भेटिएको ‘बर्डफ्लु’ नियन्त्रण गर्न संक्रमित क्षेत्र घोषणा गरेर डिस्पोजल टोली परिचालन गरिएको छ ।

    बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ का स्थानीय टेकराज आचार्यको पंक्षी फर्ममा रहेका टर्कीमा ‘बर्डफ्लु’ पुष्टि भएको थियो ।



    बर्डफ्लु देखिएलगत्तै जिल्ला प्रशासन कार्यालयमा बसेको प्राविधिक समितिको बैठकले नियन्त्रणका लागि आवश्यक तयारी थालिएको हो ।



    सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार पूर्वमा हरिडिल भूमि मावि जाने बाटो, पश्चिममा राना टोलको पिच बाटो, उत्तरमा जुम्ला रोड र दक्षिणमा राना टोलको ग्राभेल बाटो भित्रको एरियालाई बर्डफ्लु संक्रमित क्षेत्र घोषणा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार