Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेन्डरमा राख्ने सरकारको निर्णय

    पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेन्डरमा राख्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 528
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेन्डर’ समेट्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद वैठकले यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय गरेको हो ।



    क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुस २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो ।



    २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

    सन्तुलन मिलाउनका लागि पृथ्वीजयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा समावेश गर्ने मन्त्रिपरिषदको निर्णय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार