Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी धारका दलहरुको बैठक २६ गते पुनः बस्ने

    माओवादी धारका दलहरुको बैठक २६ गते पुनः बस्ने

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 405
    SHARES

    काठमाडौं । माओवादीधारका दलहरुको बैठक आगामी फागुन २६ गते पुनः बस्ने भएको छ ।

    मंगलबार बसेको माओवादी धारका ८ दलको बैठकले पुनः बैठक बस्ने निर्णय गरेको हो ।



    सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए ।



    मंगलबार बसेको बैठकले शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको एककजुट भएर प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नजिकिएका माओवादी नेताहरु सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्नेबारे छलफल समेत छलफल भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार