Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अध्यागमन विभागले भन्यो- रवि लामिछानेले ‘दोहोरो राहदानी दुरुपयोग’ गरेको भेटिएन

    अध्यागमन विभागले भन्यो- रवि लामिछानेले ‘दोहोरो राहदानी दुरुपयोग’ गरेको भेटिएन

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 804
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लोपटक लिएको राहदानी प्रयोग गरेर विदेश गएको नभेटिएको अध्यागमन विभागले सरकारी वकिलको कार्यालयलाई जवाफ दिएको छ ।

    लामिछानेसँग दोहोरो राहदानी रहेको र अमेरिकी नागरिकता त्याग गरेपछिमात्रै नेपाली राहदानी प्रयोग गरेको हुँदा त्यसलाई दुरुपयोग भन्न नमिल्ने निष्कर्ष विभागको रहेको स्रोतले जानकारी दिएको छ ।



    सर्वोच्च अदालतले माघ १३ गते नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरेको थियो ।



    सांसद पद खारेज भए लगत्तै लामिछानेले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी माघ १५ गते नै जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकता पुनः प्राप्त गरेका थिए ।

    नागरिकता पुनः प्राप्त गरेकै दिन लामिछानेले अमेरिकी नागरिक रहँदै प्राप्त गरेको नेपाली राहदानी, राहदानी विभागमै बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार