Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कमल थापा भन्छन् – उपराष्ट्रपति महिला हुनुपर्छ, गलत परम्परा नबसालौँ

    कमल थापा भन्छन् – उपराष्ट्रपति महिला हुनुपर्छ, गलत परम्परा नबसालौँ

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 513
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको अधिकार नखोस्न आग्रह गरेका छन् ।

    शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनु पर्नेमा जोड दिए ।



    उनले लेखेका छन् ‘संविधानको छिद्र खोजेर अहिले जे जस्तो व्याख्या गरिए पनि संविधान निर्माण गर्दा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुने सर्वसम्मत निर्णय,मान्यता र सोचाई हो । गलत परम्परा नबसालौँ । राष्ट्रपति पुरुष निर्वाचित भैसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्छ।महिलाको अधिकार नखोसियोस् ।’



    उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार