Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै पीएनजी

    युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै पीएनजी

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 474
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि यूएईले बलिङको निम्तो पाएको हो ।



    पीएनजी आजको खेलमा सहज जित निकाल्दै लिग–२ को सुखद अन्त्य गर्ने योजनामा छ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै दुई अंक बटुल्न चाहन्छ ।



    लिग–२ मा पीएनजीको यो अन्तिम खेल हो । पीएनजी तालिकाको पुछारमा छ । उसको ३५ खेलमा ५ मा जित २९ मा हारसहित ११ अंक छ ।

    यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौँ स्थानमा छ । भोलि नेपाल र यूएईबीच श्रृंखलाको अन्तिम खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार