Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग–२ : युएईले टस जित्यो, बलिङ गर्दै नेपाल

    आईसीसी विश्वकप लिग–२ : युएईले टस जित्यो, बलिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 429
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । बिहीबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

    यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले बिहीबार यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।



    बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।



    पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ । युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार