Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेपालको खराब सुरुवात, आसिफ र कुशल आउट

    नेपालको खराब सुरुवात, आसिफ र कुशल आउट

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 501
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा युएईविरुद्ध नेपालले खराब सुरुवात गरेको छ।

    यूएईविरुद्ध ३११ रनको किर्तिमानी लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको हो । नेपालले सुरुका २ ओभरमा लगातारु विकेट गुमाएको छ ।



    पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमा कुशल मल्ललाई गुमाउन पुग्यो। २ बलको सामना गरेका आसिफ शून्य रनमै स्टम्पिङ भए।



    त्यसपछि आएका मल्लले ५ बलमा एक चौका प्रहार गर्दै ५ रनमै आउट भए। अहिले अहिले कुशल भुर्तेल र कप्तान रोहित पौडेल क्रिजमा छन्।

    यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार