Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस सांसद नगएपछि बागमतीका मुख्यमन्त्री जम्कट्टेल अप्ठ्यारोमा

    कांग्रेस सांसद नगएपछि बागमतीका मुख्यमन्त्री जम्कट्टेल अप्ठ्यारोमा

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 630
    SHARES

    मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मतका लागि बोलाइएको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ ।

    नेपाली कांग्रेसले दुई दिन समय मागेपछि विश्वासको मत लिने तयारीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल अप्ठ्यारोमा परेका हुन् ।



    प्रदेशसभा बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ । तर साढे २ बजेसम्म पनि कांग्रेसका सांसदहरु हेटौंडातर्फ प्रस्थान गरेका छैनन् ।



    कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले प्रदेशसभाको बैठक स्थगित गराउने तयारी थालेका छन् ।

    माओवादी संसदीय दलका नेता जम्मकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो, एमाले भने सरकारमै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार