Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि बागमती प्रदेशसभा बैठक स्थगित

    मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि बागमती प्रदेशसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 393
    SHARES

    मकवानपुर । मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ ।

    बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी सारिएको हो ।



    मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो ।



    तर, आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जनाएको थियो ।

    आजै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार रहेको तर त्यसअघि केही विषयमा छलफल गर्न आवश्यक रहेको ठहर गरेको थियो । कांग्रेसले चैत १० मा प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्रीलाई प्रस्तावसमेत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार