Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तीन मन्त्रालय नपाए सरकारमा नजाने एकीकृत समाजवादीको निर्णय

    तीन मन्त्रालय नपाए सरकारमा नजाने एकीकृत समाजवादीको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 507
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।

    एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको हो ।



    सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘तीन मन्त्रालय हामीलाई दिनुपर्छ। तीन मन्त्रालय नपाएसम्म हामी मन्त्रीको नाम प्रधानमन्त्रीलाई पठाउँदैनौं । हामीले धेरै त्याग गरेका छौं।’



    उपमहासचिव खतिवडाले आफ्नो पार्टीले धेरै त्याग गरिसकेकाले अब आफूले मागेका तीन मन्त्रालयमा आफ्नो पार्टीको अडान रहेको बताए ।

    खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरु तयार भएर बसेको स्पष्ट पारे । उनले आफूहरुले धेरै कुरा त्याग गरेको भएकाले अहिले तीन मन्त्रालय पाउने ठाउँ नजिक पुगेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार