Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • विदेशी पर्यटकलाई आजदेखि विनागाइड पदयात्रामा जान प्रतिबन्ध

    विदेशी पर्यटकलाई आजदेखि विनागाइड पदयात्रामा जान प्रतिबन्ध

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 417
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजदेखि विदेशी पर्यटकहरुले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने भएका छन् ।

    यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा नेपाल पर्यटन बोर्डले आजदेखि एकल यात्रा अनुमति स्थगित गरेको हो ।



    बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) का केही प्रावधानहरू परिमार्जन गरेको छ ।



    सरकारले सरकारी लाइसेन्सप्राप्त ट्रेकिङ गाइडको सेवा र नेपाल सरकारमा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीबाट टिम्सकार्ड नलिई पदयात्रा गर्न नपाउने व्यवस्थालाई कार्यान्वयन गरेको हो ।

    अब नेपालमा गन्तव्यमा यात्रा गर्दा साथमा नेपाली पथप्रदर्शक अनिवार्य हुनुपर्ने पर्यटन विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार