Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कमल थापा भन्छन् – युवा पुस्ता नजागे मुलुक थप संकटको दलदलमा भासिन्छ

    कमल थापा भन्छन् – युवा पुस्ता नजागे मुलुक थप संकटको दलदलमा भासिन्छ

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 477
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ पुस्ताले भ्रष्टाचार, कुशासन र बेथितिमा मौनता साध्ने नभएर जबर्जस्त ढंगले विद्रोहमा उत्रनुपर्ने बताएका छन् ।

    राप्रपानिकट युवक संगठनको विस्तारित बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।



    उनले युवा पुस्ता धर्म, संस्कृति, पहिचान र स्वाधिनताको रक्षार्थ हस्तक्षेपकारी भूमिकामा देखिनु पर्ने बताए । साथै उनले डरलाग्दो रुपमा भइरहेको धर्मपरिवर्तनको डढेलोलाई रोक्न लाग्नुपर्ने बताए ।



    राष्ट्रियता, प्रजातन्त्र, आर्थिक समृद्धि र सुशासनको निमित्त युवा पुस्ताले खबरदारी नगरे यथास्थितीवादी शक्ति हाबी हुने र मुलुकको ओरालो यात्रा निरन्तर जारी रहने अध्यक्ष थापाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार