Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • डोलीमा जुनियर सहसचिव भरत अर्याललाई डीजी : २ करोड आर्थिक चलखेलको आशंका

    डोलीमा जुनियर सहसचिव भरत अर्याललाई डीजी : २ करोड आर्थिक चलखेलको आशंका

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्री नियुक्तिअघि आर्थिक चलखेलका आधारमा स्थानीय पूर्वाधार विभाग (डोली)को महानिर्देशक परिवर्तन गरेका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहरी विकास मन्त्रालयमा गाभिएको डोलीको महानिर्देशकमा बरिष्ठताका आधारमा प्राविधिक सहसचिव महेश अर्याललाई जिम्मेवारी दिनुपर्ने थियो । तर सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले कनिष्ट सहसचिव भरतप्रसाद अर्याललाई महानिर्देशक बनाएका छन् । सहरी विकास मन्त्री नियुक्तिको पूर्वसन्ध्यामा हतार हतार सचिव आचार्यले अर्याललाई महानिर्देशक बनाएका थिए ।



    बरिष्ठ सहसचिव महेश अर्याललाई मन्त्रालयमा तानेर कनिष्ट भरत अर्याललाई महानिर्देशक बनाउने क्रममा ठूलै आर्थिक चलखेल गरेको आरोप सचिव आचार्यमाथि लाग्ने गरेको छ । मन्त्री आउनुअघि सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक परिवर्तन गर्ने उद्देश्य पूरा नभए पनि डोलीको डीजी अर्याललाई बनाउँदा २ करोडको लेनदेन भएको स्रोत बताउँछ ।



    डोलीका महानिर्देशक ईश्वर मरहट्ठाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ फागुन १४ मा भ्रष्टाचार अभियोगमा बिशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी निलम्बन भएका छन् । उनी निलम्बनमा परेपछि रिक्त डोलीको महानिर्देशक मन्त्री नियुक्ति हुनुअघि नै नियुक्ति गर्न प्रशासनिक नेतृत्वले हतार गर्नुमा आर्थिक चलखेलले काम गरेको स्रोत बताउँछ । डा.रमेशकुमार सिंह सहरी विकास मन्त्रालयको सचिव हुँदा भवन विभागको महानिर्देशक डेढ महिना रिक्त हुँदा पनि उनले मन्त्री नियुक्त नभएसम्म अर्कोलाई जिम्मेवारी दिएनन् ।

    तर सहसचिवसम्म पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा बसेका सचिव आचार्यको अति लोभी बानीका कारण राजनीतिक नेतृत्व आएपछि आर्थिक लेनदेनको पूरै हिस्सा आफूले नपाउने भएकाले हतार हतार भरत अर्याललाई डोलीको डीजी बनाएको आरोप छ । मन्त्री आउनुअघि नै डोलीको डीजी बनाउनका लागि सचिव आचार्यलाई उकास्ने र सेटिङ मिलाउने काम भने १३ औं नम्बरका कनिष्ट सहसचिव भएर पनि ३ वटा महत्वपूर्ण आयोजनाको प्रमुख रहेका रविन्द्र बोहराले गरेको आरोप छ । बोहरालाई सहरी विकास विभाग अन्तर्गतको विश्वबैंकको एनयुजीआईपी प्रोजेक्ट प्रमुख, अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको आयोजना निर्देशकदेखि बन्चरेडाँडा ल्याण्डफिल्ड साइडको प्रमुख बनाउने काम पनि सचिवले आर्थिक लेनदेनकै आधारमा गरेको समाचार मिडियामा आइसकेको छ ।

    त्यसो त आफूलाई कांग्रेसनिकट भन्ने आचार्यले सचिव बढुवापछि पहिलो पटक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र दोस्रो खानेपानी मन्त्रालय पाएका थिए । विज्ञान तथा प्रविधितर्फको सचिवबाट खानेपानीमा पुगेका उनी त्यहाँबाट पनि ३ महिनामै सरुवा भएका थिए ।

    २०७८ माघ अन्तिममा खानेपानी मन्त्रालयमा सरुवा भएका आचार्य २०७९ जेठ पहिलो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेका थिए । प्रधानमन्त्री कार्यालयबाट २०७९ मंसिरमा रमेश सिंहको अवकाशपछि उनलाई सहरीमा ल्याउने काम तत्कालीन मन्त्री मेटमणि चौधरीले गरेका थिए । सहरी विकास मन्त्रीमा विक्रम पाण्डे करिब ४२ दिन रहँदा नै उनको कार्यशैलीबाट दिक्क भएर फेर्न खोजिरहेका बेला राप्रपा नै सरकारबाट बाहिरिएको थियो । वर्तमान मन्त्री सीता गुरुङ आउनुपूर्व नै उनले हतार हतार आर्थिक लेनदेनका आधारमा डोलीको महानिर्देशकदेखि केही जिल्लाका डिभिजन प्रमुख सरुवा गरेको बिषयले उनी त्यहाँ पनि टिक्ने संभावना कम देखिंदैगएको छ ।

    सचिव आचार्यले मन्त्री गुरुङ आउनुअघि झापा, जनकपुर, बीरगंज, चितवन, रामेछाप, दाङ, डोटी लगायतका डिभिजन प्रमुखहरु परिवर्तन गरेका छन् । डीई प्रदीप खनाललाई जनकपुरबाट रामेछाप सरुवा गरिएको छ । झापामा रुपक आचार्यको पदस्थापन गरिएको छ ।

    बीरगंजका झपड थापालाई चितवनमा लगिएको छ । चितवनका प्रकाश अर्याललाई भवन विभागमा पुुर्याइएको छ । रामेछापका सुरेश वाग्लेलाई मन्त्रालय ल्याइएको छ । मन्त्रालयका राजेन्द्र खतिवडालाई विभागमा थन्क्याइएको छ । कसैलाई लगातार ३ वडा डिभिजन प्रमुखमा लगिएको छ भने कसैलाई विभागबाट मन्त्रालय र मन्त्रालयबाट बिभाग लगिएको छ ।

    ओखलढुंगाका कामु डिभिजन प्रमुख इन्जीनीयर तुल्सी खर्बुजालाई पुनः डोटी डिभिजनको प्रमुखमै लगिएको छ । डीई(उपसचिव)को दरबन्दी भएको डोटीमा इन्जीनीयरबाट आर्थिक लाभ लिएर कामु डिभिजन प्रमुख दिएको आरोप छ । जबकि थुप्रै डीई मन्त्रालय र विभागमा कामबिहीन छन् । १३ औं नम्बरका कनिष्ट सहसचिव रविन्द्र बोहराको डिजाइनमा मन्त्री आउनुअघि डिभिजन प्रमुखको सरुवा गरिएको आरोप सचिव आचार्यमाथि लाग्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार