Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • शराब घोटाला प्रकरण : अरविन्द केजरीवालको बयान लिँदै सीबीआई

    शराब घोटाला प्रकरण : अरविन्द केजरीवालको बयान लिँदै सीबीआई

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 573
    SHARES

    एजेन्सी । दिल्लीको शराब घोटालामा मुख्यमन्त्री अरविन्द केजरीवाल समेत मुछिएपछि केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले आज आइतवार बयान लिँदैछ ।

    शराब घोटालामा जोडिएका व्यवसायीसँग मुख्यमन्त्री केजरीवालले भिडियो कल गरेको तथ्य बाहिरिएपछि सीबीआईले उनीसँग बयान लिन लागेको हो । बयान दिन केजरीवाल बिहान ११ बजे सीबीआई मुख्यालय जाँदैछन् ।



    उनीसँगै पञ्जाबका मुख्यमन्त्री भगवंत मान र केही सांसद पनि सीबीआई कार्यालय जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



    यसअघि पक्राउ नै परेका दिल्लीका तत्कालीन उपमुख्यमन्त्री मनीष सिसोदिया शराब घोटालाकै कारण पुर्पक्षका लागि थुनामा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार