Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा

    ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 672
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् ।

    भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न उनीहरु ओली निवास गएका हुन् ।



    उनीहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी) लगायतका विधेयक र समसामयिक विषयमा छलफल हुनेछ ।



    यसअघि दुई पटक सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद भएपनि निष्कर्षमा पुग्न सकेका छैन।

    टीआरसीलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएपनि विषय र प्रक्रियामा टुंगो लाग्न बाँकी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार