Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गर्मीका कारण भारतको महाराष्ट्रमा १२ जनाको मृत्यु

    गर्मीका कारण भारतको महाराष्ट्रमा १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 669
    SHARES

    एजेन्सी । प्रचण्ड गर्मीका कारण भारतको महाराष्ट्रमा १२ जनाको मृत्यु भएको छ ।

    महाराष्ट्र राज्यमा आयोजित एक सम्मान समारोहमा सहभागी १२ जनाको मृत्यु भएको छ भने अन्य थुप्रैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।



    चर्को घाम लागेको बेला सरकारद्वारा प्रायोजित घण्टौँ लामो कार्यक्रम खुला मैदानमा भएको थियो। प्रतिष्ठित सामाजिक अभियन्ता सम्मानार्थ आइतवार आयोजित कार्यक्रममा हजारौँ मानिस उपस्थित थिए।



    कार्यक्रममा आएका धेरै मानिसले शरीरमा पानीको कमी भएको र अन्य गर्मीसँग सम्बन्धित समस्याबारे जानकारी गराएका थिए । भारतमा सबैभन्दा गर्मी हुने अप्रिल महिनामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बाहिर ननिस्किन स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार