Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • यूएईमा नेपाली युवाले जिते ७० करोडको चिठ्ठा

    यूएईमा नेपाली युवाले जिते ७० करोडको चिठ्ठा

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 594
    SHARES

    काठमाडौं । रोजगारीको लागि संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २० मिलियन दिराम (नेपाली झण्डै ७० करोड रुपैयाँ) को चिठ्ठा परेको छ ।

    विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गर्ने भएका हुन् ।



    स्थानीय पत्रिका खालिज टाइम्स्का अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४ औं संस्करणमा पदमले यो रकम जितेका हुन् ।



    पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन् । बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भने ‘मलाई अझै विश्वास लागिरहेको छैन ।’

    पदमले यूएईमा गाडी चलाएर ५७ सय दिर्हाम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार