Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्वर्णिम वाग्लेलाई बधाई दिंदै गोविन्द भट्टराईले भने – सहयोग गर्न तयार छु

    स्वर्णिम वाग्लेलाई बधाई दिंदै गोविन्द भट्टराईले भने – सहयोग गर्न तयार छु

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 831
    SHARES

    काठमाडौं । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई बधाई दिंदै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सहयोग गर्न तयार रहेको बताएका छन् । वाग्लेसँगै चुनाव लडेर पराजित भएका भट्टराइले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् ।

    वाग्ले ३४ हजार ४ सय ८० मतका साथ विजयी हुँदा भट्टराई २० हजार ९२ मतसहित दोस्रो भएका थिए।



    भट्टराईले मतदाताका अति ठूलो अपेक्षा र भरोसा रहेकाले पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न पनि वाग्लेलाई आग्रह गरेका छन्।



    भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै
    प्रिय स्वर्णिमजी !
    सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई !
    चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रह्यो ।
    र, संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो ।
    तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।
    मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु । अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।
    यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सक्नुहोस्, मेरो धेरै धेरै शुभकामना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार