Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मतको गुन गर्व गर्न लायक काम गरेर तिर्छु : स्वर्णिम वाग्ले

    मतको गुन गर्व गर्न लायक काम गरेर तिर्छु : स्वर्णिम वाग्ले

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 648
    SHARES

    तनहुँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।

    निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।



    तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने बताएका उनले भने–‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु । जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’



    सांसद वाग्लेले आफूले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता पनि जनाए ।

    प्रमाणपत्र वितरण कार्यक्रममा पराजित भएका नेपाली काग्रेसका नेता गोविन्द भट्टराई समेत पुगेका थिए । कार्यक्रममा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसबाट उम्मेदवार भट्टराइले माला लगाइदिएर बधाई दिएका थिए ।

    विजयी भएका स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई र शुभकामना दिए । वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा भट्टराईले २० हजार ९२ मत ल्याएका थिए।

    वाग्ले निर्वाचित भएपछि आजै बिहान भट्टराईले बधाई दिँदै आफ्नो रचनात्मक सहयोग रहने बताएका थिए । उनले स्वर्णिमलाई राजनीतिक यात्रामा अब्बल साबित हुन शुभकामना पनि दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार